
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ५ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली
नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ ।
उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताउनुभयो । सडक निरीक्षणकै क्रममा उहाँले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिनुभयो ।
नयाँ स्टक एक्सचेन्जको योजना अड्काउने उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नयाँ स्टक एक्सचेन्जको योजनालाई इन्कार गरेको छ ।
सरकारले अगाडि बढाउन खोजेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा यसबाट बाधा उत्पन्न भएको हो ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रयोजनका लागि यसअघिको सरकारले २०८० माघमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति बनाएको थियो। शिवाकोटी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा टेकेर अहिलेको सरकारले गत पुसमा लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको थियो।
सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं। १० ९साविकको गोदक गा।वि।स। का १ देखि ९ नम्बर सम्मका वडाहरु०, माईजोगमाई गाउँपालिका वडा नं। १ ९साविकको नयाँ बजार गा।वि।स।का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु० माई गोजमाई गाउँपालिका वडा नं। ३ र ४ ९साविकको नाम्सालिङ्ग गा।वि।स।का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा।वि।स।को वडा नं। ५०, सूर्योदय नगरपालिका वडा नं। १० ९साविकको फिक्कल गा।वि।स। का ६ देखि ९ नम्बरसम्मका वडाहरु० तथा सूर्योदय नगरपालिका वडा नं। ११ ९साविकको पञ्चकन्या गा।वि।स। का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
माउन्टेन ग्लोरी लिमिटेडले ४० करोड रुपैयाँ बराबरको आइपीओका लागि अनुमति माग्यो
काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।जसअनुसार कुल ४० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरिनेछ। उक्त आइपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिनेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ५ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन
कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।
पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले रु पाँच लाख र ट्रफी पुरस्कार पायो ।
फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए । वसन्तले १७ बलमा तीन छक्का प्रहार गरे भने नारायणले १० बलमा एक छक्का प्रहार गरे । किरण ठगुना ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।
नेपालमा फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने : सूचना प्रविधि मन्त्री गुरुङ
काठमाडौं ।संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू, विशेष गरी फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लाग्न सक्ने संकेत दिएका छन्।
शुक्रवार काठमाडौंमा सञ्चारिका समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका यस्ता सामाजिक सञ्जालहरू निर्धारित समयसीमामा दर्ता नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार संविधान, ऐन र कानूनले तोकेको म्याद सकिनै लाग्दा समेत ती कम्पनीहरूले दर्ता नगरेको र त्यसप्रति राज्य गम्भीर बन्नुपर्ने अवस्था आएको बताए।
“मेटा, गुगल, टिकटक—जुनसुकै होस्—नेपालमा सञ्चालन हुन्छ भने नेपालको संविधान मान्नुपर्छ, दर्ता हुनुपर्छ,” मन्त्री गुरुङले जोड दिँदै भने, “दर्ता नगरी निरन्तर रूपमा भ्रामक सूचना, हिंसा प्रवर्द्धन, समाजमा विखण्डन ल्याउने खालका सामग्री प्रवाह भइरहेको छ। यस्तो कार्यले देशको स्वाधिनता, सामाजिक सद्भाव र एकतालाई खतरा पुर्याउँछ।”
कक्षा १२ को परीक्षा यथावत्: राष्ट्रिय परीक्षा बोर्डद्वारा भ्रामक सूचनाप्रति खण्डन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनको कारण परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमार्फत फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७२ साल वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा यथावत् तालिकाअनुसार सञ्चालन हुनेछ। परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना पूर्णतः असत्य र भ्रामक हो,’ भन्दै बोर्डले विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई यस्ता गलत सूचनाबाट सचेत रहन आग्रह गरेको छ।
तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२ स्थित तातोपानी धारामा निर्मित स्नानगृहको उद्घाटन गर्नुभएको छ । नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाको लगानीमा स्नानगृह निर्माण गरिएको हो ।
तातोपानीमा हाल पुराना सात वटा धारा छन् भने नवनिर्मित भवनमा ४७ बाथटव निर्माण गरिएको छ । यहाँ प्रायः कात्तिक महिनादेखि चैतसम्म दैनिक एक हजारसम्म पर्यटक तातोपानी धारामा स्नान गर्न आउने गरेका छन् ।
‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताउनुभएको छ । राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्र्घष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उहाँले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गर्नुभयो ।
जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’ : जापानका लागि अमेरिकी राजदूत
टोकियो । जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले टोकियोका बाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको बताउनुभएको छ ।
जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गर्नुभएको छ ।
तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ ।
कर्मचारीको सेवा अवकाश उमेर ६० वर्ष पु¥याउँदा सरकारलाई ६० अर्ब बचत हुने अनुमान
काठमाडौँ । कर्मचारीको अवकाश उमेर ६० पु¥याउँदा ६० अर्ब बचत हुने आकलन गरिएको छ ।अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले यस्तो जानकारी राज्य व्यवस्था समितिको छलफलमा जनाएका हुन् । कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पु¥याए ५० देखि ६० अर्ब बचत हुने उनले बताए ।
यो आफ्नो नभएर मन्त्रालयको धारणा रहेको बताउँदै सचिव उपाध्यायले अवकाश हुने उमेर ५८बाट ६०मा पु¥याउँदा ५० देखि ६० अर्बको बचत हुने बताए ।निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अवकाश ५८ बाट ६० वर्ष पु¥याए ५० देखि ६० अर्ब बचत हुने आकलन गरिएको छ ।
राष्ट्र बैंकद्वारा अढाई अर्ब बराबरको २५ लाख कित्ता ऋणपत्र सार्वजनिक गरिँदै
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले अढाई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । राष्ट्र बैंकले आइतबारदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कशन गर्न लागेको हो । ७ वर्ष अवधिको लागि जारी गर्न लागिएको उक्त ऋणपत्रमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। बैंकले कुल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।
चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो
टोकियो ।जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।
क्योटो सिटीले सन् २०२२ मा एक हजार येन ९सात अमेरिकी डलर० ठगी ९चोरी० गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।
चोरीको अभियोगमा एक करोड २० लाख येन ९८४ हजार अमेरिकी डलर० भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो।
सुनको मूल्यमा सामान्य गिरावट, शुक्रबार सुन प्रतितोला रू एक लाख ८९ हजार ६ सय कायम
काठमाडौँ।सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको छ । आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा
बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै
दमौली ।मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।
व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो ।
बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।
दर्ता त भए, सञ्चालनमा आएनन्: कर्णालीका १० जिल्लामा ५ हजारभन्दा बढी उद्योग खारेज
काँक्रेविहार । कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताउनुभयो ।
खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुमपश्चिममा एक सय ५८ वटा उद्योग खारेज गरिएका छन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij