Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

कुमारी बैंकको नाफामा भारी गिरावट, इम्पेयरमेन्ट चार्ज र ब्याज आम्दानीमा दबाब

कुमारी बैंकको नाफामा भारी गिरावट, इम्पेयरमेन्ट चार्ज र ब्याज आम्दानीमा दबाब

  • काठमाडौँ।कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु २८ करोड ५८ लाख नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ७३ प्रतिशतले कम हो।

    बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ भने ब्याज आम्दानी ६.२७% ले घटेर रु ७ अर्ब ८९ करोडमा झरेको छ। यी दुबै कारणले गर्दा बैंकको मुनाफामा उल्लेखनीय दबाब परेको छ।

    हाल बैंकको चुक्ता पूँजी रु २६ अर्ब २२ करोड रहेको छ भने जगेडा कोषमा रु १५ अर्ब ५३ करोड रहेको देखिन्छ। तर वितरणयोग्य नाफा ऋणात्मक भएको छ।

    प्रतिसेयर आम्दानी रु १.४५ कायम रहँदा एनपीएल दर ६.९८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.९५ प्रतिशत मात्र थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij