Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मुक्तिनाथ विकास बैंकको नाफामा १६.८६% गिरावट, तर ब्याज आम्दानीमा सुधार

मुक्तिनाथ विकास बैंकको नाफामा १६.८६% गिरावट, तर ब्याज आम्दानीमा सुधार

  • काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिमा कमाएको ८७ करोड १८ लाख रुपैयाँ नाफाको तुलनामा १६.८६ प्रतिशतले कम हो।
    बैंकको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले वृद्धि भएर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३ अर्ब १३ करोड रुपैयाँ थियो।

    तर सञ्चालन नाफा भने १८ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ थियो।यसको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ । 

    बैंकको खराब कर्जा (एनपीएल) भने २.०२ प्रतिशतबाट बढेर ४.१४ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३ पैसा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij