Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नबिल बैंकको नाफा ५ अर्ब नाघ्यो, वितरणयोग्य नाफामा ८५% भन्दा बढी वृद्धि

नबिल बैंकको नाफा ५ अर्ब नाघ्यो, वितरणयोग्य नाफामा ८५% भन्दा बढी वृद्धि

  • काठमाडौं  । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढेको हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय कमी आएकोले नाफामा सुधार देखिएको हो।

    बैंकको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ, जसले लाभांश वितरण क्षमतामा ठोस वृद्धि देखाउँछ। यता, बैंकको खराब कर्जामा केही वृद्धि भएको छ, जुन जोखिम सूचकको हिसाबले निगरानी योग्य पक्ष हो।

    वर्तमानमा नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको छ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी  भने १ रुपैयाँ ८१ पैसाले घटेर २५ रुपैयाँ ५ पैसा कायम भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij