Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा ८.८४% गिरावट, ब्याज आम्दानीमा उल्लेख्य कमी

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा ८.८४% गिरावट, ब्याज आम्दानीमा उल्लेख्य कमी

  • काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८४ प्रतिशतले घटेको हो, जसमा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा देखिएको गिरावट हो। चालु वर्षको चैत मसान्तसम्म निफ्राको खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।

    बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी  ५३ पैसाले घटेर ६ रुपैयाँ ९ पैसा कायम भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ भने ११७ रुपैयाँ ८१ पैसामा रहेको छ, जसले बैंकको पुँजीगत आधारलाई भने अझै सबल देखाउँछ। ब्याज आम्दानी घटे पनि निफ्राले स्थायीतासहितको सञ्चालन कायम राख्न सफल देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij