Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

कामना सेवा विकास बैंकको त्रैमासिक नाफा बढ्यो, वितरणयोग्य नाफा ५० करोड नजिक

कामना सेवा विकास बैंकको त्रैमासिक नाफा बढ्यो, वितरणयोग्य नाफा ५० करोड नजिक

  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ३३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्षको सुधारको मुख्य कारण बैंकको ब्याज आम्दानीको वृद्धि र इम्पेयरमेन्ट चार्जको घटौती हो।

    बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ६५ लाख रुपैयाँबाट घटेर ३१ करोड ७१ लाख रुपैयाँमा झरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ। त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा पनि ३२।४४ प्रतिशतले वृद्धि भई ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५४ करोड रुपैयाँ रहेको थियो।

    कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड ९८ लाख रुपैयाँ भन्दा धेरै पुगेको छ। यसका अतिरिक्त, बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ।

    नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी  १३ रुपैयाँ ४७ पैसा बाट बढेर १८ रुपैयाँ ७३ पैसा पुगेको छ, र प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ कायम रहेको छ। यसले बैंकको वित्तीय आधारलाई अझ सबल बनाएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij