Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

गरिमा विकास बैंकको तेस्रो त्रैमाससम्म खुद नाफा ७३ करोड नाघ्यो, ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि

गरिमा विकास बैंकको तेस्रो त्रैमाससम्म खुद नाफा ७३ करोड नाघ्यो, ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि

  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले यो अवधिमा ७.३२ प्रतिशतले वृद्धि गर्दै ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६८ करोड ३४ लाख रुपैयाँ थियो। यससँगै बैंकको आम्दानी र सञ्चालन क्षमता पनि थप बलियो बनेको देखिन्छ।

    बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७।५२ प्रतिशतले वृद्धि भई १ अर्ब ४ करोड रुपैयाँमा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ र जगेडा कोष २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ, जसले बैंकको पूँजी आधार मजबुत रहेको संकेत गर्छ।

    बैंकको प्रति शेयर आम्दानी  १ रुपैयाँ १८ पैसाले वृद्धि भई १७ रुपैयाँ २२ पैसामा पुगेको छ भने प्रति शेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा कायम छ। यद्यपि खराब कर्जा अनुपात  २.९७ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेको छ, तर समग्रमा बैंकको वित्तीय सूचकहरू स्थिर तथा उकालो यात्रामा छन्, जसले आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij