Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै भने ‘ वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच कायम ’

कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै भने ‘ वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच कायम ’

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले  ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका हुन् ।पद बहाल भएको एक महिना भित्र  कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै  वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको  बताएका छन् । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको प्राधिकरणले बताएको छ ।

    फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।माग र आपूर्तिको असन्तुलनले वर्षा यामको विद्युत् खेर गएको र सुख्खायाममा विद्युतको माग बढ्दा पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको उनको भनाइ  छ ।

    उनका अनुसार  आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार २०८२/८३ मा वर्षा याममा २ हजार ६४८ मेगावाट , २०८३/८४ मा ३ हजार ३१६ मेगावाट विद्युत् जगेडा रहनेछ । यो निर्यात हुनुपर्ने देखिएको छ । तर, त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र २०८३/८४ मा ७२८ मेगावाट अपुग आयात गर्नुपर्ने देखिन्छ ।

    शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्छ ।यससँगै विद्युत् खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्‍याउन सबै प्रयास गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij