Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

लुम्बिनी विकास बैंकको नाफा ८५ प्रतिशतले घट्यो, खराब कर्जा दर दोब्बर

लुम्बिनी विकास बैंकको नाफा ८५ प्रतिशतले घट्यो, खराब कर्जा दर दोब्बर

  •  

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा केवल ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८५.४५ प्रतिशतले घटेको हो। गत वर्ष सोही अवधिमा बैंकले ३४ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    यद्यपि खुद ब्याज आम्दानीमा ५.८३ प्रतिशतको सुधार देखिँदै १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, तर सञ्चालन नाफा भने भारी गिरावटसहित ८४.५९ प्रतिशतले घटेर १० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा मात्र ४ लाख ८० हजार रुपैयाँ रहेको छ, जुन लगानीकर्ताहरूका लागि निराशाजनक संकेत हो।

    बैंकको खराब कर्जा  दर ३.६९ प्रतिशतबाट बढेर ७।१८ प्रतिशत पुगेको छ, जसले जोखिमको अवस्था बढेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij