Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

अन्नपूर्ण केबल कार लिमिटेडद्वारा ४०% हकप्रद सेयर निष्कासन, ४९.६ लाख कित्ता सेयर बिक्री खुला

अन्नपूर्ण केबल कार लिमिटेडद्वारा ४०% हकप्रद सेयर निष्कासन, ४९.६ लाख कित्ता सेयर बिक्री खुला

  •  

    काठमाडौं ।  अन्नपूर्ण केबल कार लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीको वार्षिक साधारण सभा गत चैत ३१ गते सम्पन्न भई हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरिएको थियो।

    यस अन्तर्गत, कम्पनीले प्रतिकित्ता रू.१०० अंकित मूल्यमा कुल ४९ लाख ६० हजार कित्ता हकप्रद सेयर सार्वजनिक रूपमा बिक्री खुला गरेको हो।

    विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र हकप्रद सेयर वापतको रकम राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, तथा लक्ष्मी सन्राइज बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। रकम जम्मा गरेपछि भर्पाई पर्चा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, पोखरामा पेश गर्नु पर्नेछ।

    यस प्रक्रिया पश्चात, सेयरधनीहरूले आफ्नो स्वामित्व हिस्सा कायम राख्न सक्नेछन् भने कम्पनीको पूँजी संरचनामा समेत मजबुती आउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij