Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टको अवितरित हकप्रद सेयरको बोलपत्र वैशाख ९ गते खुल्ने

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टको अवितरित हकप्रद सेयरको बोलपत्र वैशाख ९ गते खुल्ने

  •  

    काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर खरीदका लागि प्राप्त बोलपत्र आगामी वैशाख ९ गते खोल्ने भएको छ।

    कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री खुला गर्दा वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागिएको हो।

    यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६० तोकिएको छ। कम्पनीले उक्त सेयर चैत ६ गतेदेखि वैशाख ५ गतेसम्म विक्रीका लागि खुला गरेको थियो।

    लिलामीमा प्राप्त बोलपत्रहरू प्रभु स्टील्सको कार्यालय, तिनकुने काठमाडौंमा वैशाख ९ गते विहान ७ बजे खोलिने कार्यक्रम तय गरिएको छ।

    उक्त बोलपत्र प्रक्रियाबाट योग्य लगानीकर्ताहरूले सेयर खरीद गर्न सक्नेछन् भने कम्पनीको पूँजी संकलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij