Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ज्योति विकास बैंकको नाफामा १०१% वृद्धि, तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा

ज्योति विकास बैंकको नाफामा १०१% वृद्धि, तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा

  •  

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले सो अवधिमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १०१.१४ प्रतिशतले वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष यस्तै अवधिमा बैंकको नाफा १५ करोड २४ लाख रुपैयाँ थियो।

    बैंकको नाफा वृद्धिको प्रमुख कारणमध्ये एक सञ्चालन नाफाको तीव्र वृद्धि र इम्पेयरमेन्ट चार्जको कमी हो। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ८३ करोड रुपैयाँबाट घटेर हाल ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ। सोहीगरी, बैंकको सञ्चालन नाफा ९८.३८ प्रतिशतले बढ्दै ४३ करोड ७९ लाख रुपैयाँमा पुगेको छ।

    यद्यपि बैंकको खुद ब्याज आम्दानी ७।१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ, समग्र वित्तीय प्रदर्शन भने सुदृढ देखिएको छ।

    हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ सञ्चित भएको छ।

    बैंकको मजबुत नाफा वृद्धिसँगै लगानीकर्तालाई आकर्षित गर्ने अर्को सूचक प्रतिसेयर आम्दानी  पनि उकालो लागेको छ। अघिल्लो वर्ष रू ४.६२ रहेको भ्एक् हाल रू ९.०३ (वार्षिक) मा पुगेको छ। साथै, बैंकको प्रतिसेयर नेटवर्थ रू. १५१.९० कायम रहँदा, यसले दीर्घकालीन वित्तीय स्थायित्वप्रति सकारात्मक संकेत दिएको छ।

    ज्योति विकास बैंकको यस्तो सशक्त प्रदर्शनले बैंकको व्यवस्थापन क्षमताको प्रतिबिम्ब मात्र होइन, आगामी दिनमा पनि थप सुधारको संकेत पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij