Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

मल्टीपर्पस फाइनान्सको नाफा ३५.८७% ले वृद्धि, तेस्रो त्रैमासमा २ करोड नाफा

मल्टीपर्पस फाइनान्सको नाफा ३५.८७% ले वृद्धि, तेस्रो त्रैमासमा २ करोड नाफा

  •  

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.८७ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफा वृद्धिको प्रमुख कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफाको सुधार हो।

    खुद ब्याज आम्दानी ४.५२% ले वृद्धि भई ६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ९गत वर्ष ६ करोड २० लाख०।

    सञ्चालन नाफा उल्लेखनीय रूपमा ५७.०७% ले वृद्धि भई ३ करोड २५ लाख रुपैयाँ पुगेको छ।

    यद्यपि कम्पनीको इम्पेयरमेन्ट चार्ज भने बढेको देखिन्छ, जसले केही दबाब सिर्जना गर्न सक्छ।

    वर्तमानमा कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड २८ लाख रुपैयाँ सञ्चित छ।

    नाफासँगै प्रतिसेयर आम्दानी पनि उकालो लागेको छ। अघिल्लो वर्ष रू. ३.४८ रहेको  अहिले बढेर रू. ४.७३ (वार्षिक) मा पुगेको छ।
    कम्पनीको नेटवर्थ प्रति सेयर अहिले रू. ११६.५९ कायम छ, जसले यसको वित्तीय आधार स्थिर रहेको संकेत गर्छ।

    मुलतः सञ्चालन क्षेत्र सुधार र ब्याज आम्दानीमा वृद्धि भइरहेकाले मल्टीपर्पस फाइनान्सको प्रदर्शन सकारात्मक मानिएको छ, यद्यपि इम्पेयरमेन्ट चार्जको वृद्धि आगामी त्रैमासहरूमा निगरानीयोग्य बिन्दु रहने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij