Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट, गोलाप्रथाबाट सीमित आवेदकले मात्र पाउने

पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट, गोलाप्रथाबाट सीमित आवेदकले मात्र पाउने

  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) वैशाख ११ गते, बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार, बाँडफाँटको तयारी पूरा भइसकेको भए पनि सटीक समय भने तोकिएको छैन।

    यो आइपीओ अत्यधिक माग भई गोलाप्रथाबाट मात्र बाँडफाँट गरिनेछ। माग अनुमानित परिमाणभन्दा १९.२८ गुणा बढी परेको छ, जसअन्तर्गत १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए। तर, भाग्यमानी १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गर्नेछन्, भने बाँकी १८ लाखभन्दा बढी आवेदकले हात खाली पार्नेछ।

    पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीलाई केयर रेटिङ नेपालले प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८२ साउन २० गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij