Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

ट्रेड टावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ९४% भन्दा बढी आवेदन

ट्रेड टावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ९४% भन्दा बढी आवेदन

  • काठमाडौं । ट्रेड टावर लिमिटेडले सोमबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै उल्लेखनीय माग देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन १६ हजार ७५१ आवेदकबाट कुल ३ लाख ७४ हजार १४० कित्ताको आवेदन परेको छ, जुन कुल निष्काशनको ९४ प्रतिशतभन्दा बढी हो।

    कम्पनीले ८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता शेयर छुट्याइएको छ। उक्त आईपीओ वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ।

    प्रति कित्ता १०० रुपैयाँ दरमा जारी भएको यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको छ, भने आवेदन प्रक्रिया मेरोसेयर अनलाइन प्रणालीमार्फत, साथै सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सहज रूपमा उपलब्ध गराइएको छ।

    ट्रेड टावर लिमिटेडले यसअघि ललितपुरको भैसेपाटीमा १९० अपार्टमेन्ट निर्माण तथा बिक्री गरेर आफ्नो दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने हालसम्म ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ। प्रतिकित्ता नेटवर्थ १२३ रुपैयाँ ९ पैसा कायम रहेको कम्पनीको वित्तीय अवस्था सुदृढ देखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij