Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

आज रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

आज रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

  • काठमाडौँ । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले ल्याएको ‘रिलायबल समृद्धि योजना’ सामूहिक लगानी कोषमा आज (बैशाख ९ गते) आवेदन दिन सकिने अन्तिम दिन हो। बैशाख ३ गतेदेखि निष्काशनमा आएको यो बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड १० वर्षे अवधिको हुनेछ।

    योजनाअन्तर्गत कम्पनीले प्रतिइकाई १० रुपैयाँको दरमा १० करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिरहेको छ, जसको कुल मूल्य एक अर्ब रुपैयाँ बराबर हुन्छ। कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत सुरक्षित गरिएको छ—जसमा १४ प्रतिशत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र बाँकी १ प्रतिशत योजना व्यवस्थापक कम्पनीलाई छुट्याइएको हो। बाँकी रहेका ८ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिँदैछ।

    लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको छ। इच्छुकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ पोर्टल प्रयोग गरेर सि–आस्बा प्रणालीमार्फत पनि सहजै आवेदन दिन सकिन्छ।

    यस योजनाका लागि क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई ‘CARE NP BBB+ (Issuer Rating)’ र योजना व्यवस्थापकलाई ‘CARE NP AMC Quality 4+’ रेटिङ्ग प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij