Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

सिन्धु विकास बैंक नाफामा फर्कियो, ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा

सिन्धु विकास बैंक नाफामा फर्कियो, ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा

  •  

    काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै उल्लेखनीय वित्तीय सुधार गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५ करोड ४० लाख रुपैयाँ घाटामा रहेको बैंक यो त्रैमासमा सकारात्मक नतिजा ल्याउन सफल भएको हो। नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्ज रिभर्स गर्नु र ११ करोड २० लाख रुपैयाँको सञ्चालन नाफा मुख्य कारण हुन्, जुन अघिल्लो वर्ष ५ करोड ५१ लाख रुपैयाँको घाटामा सीमित थियो।

    तर, बैंकको खुद ब्याज आम्दानी भने ३४.७४ प्रतिशतले घटेर ९ करोड ३४ लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन चुनौतीहरू अझै बाँकी रहेको देखाउँछ। हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ सञ्चित भएको छ।

    हालसम्मको नाफा वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा ऋणात्मक २४ करोड ३८ लाख रुपैयाँ रहेको छ, जुन भविष्यमा लाभांश वितरणमा अवरोध बन्न सक्छ। यद्यपि, बैंकको प्रति सेयर आम्दानी  १८.७६ रुपैयाँ पुगेको छ, जुन गत वर्ष ऋणात्मक १२.९३ पैसा थियो। अहिले बैंकको नेटवर्थ प्रति सेयर ७९.८९ रुपैयाँ कायम छ भने एनपीएल (गैर-सञ्चलनीय कर्जा अनुपात) ८.६४ प्रतिशत रहेको छ, जसले जोखिम व्यवस्थापनमा अझै सुधार आवश्यक छ भन्ने देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij