Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

कक्षा १२ को परीक्षा सारिने निर्णय : अब वैशाख २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सारिने निर्णय : अब वैशाख २१ गतेदेखि सञ्चालन हुने

  •  

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सार्ने निर्णय गरेको छ। शिक्षक आन्दोलनका कारण परीक्षा अब वैशाख २१ गतेदेखि मात्र सुरु हुने भएको हो। यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तय गरिएको थियो।

    बोर्डका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार परीक्षा सारिएको हो। मंगलबार बिहान बसेको बोर्डको बैठकले भने पूर्व निर्धारित मिति अर्थात् वैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै परीक्षा सारिएको बोर्डले जानकारी दिएको छ।

    अब परीक्षा नयाँ तालिका अनुसार वैशाख २१ गतेदेखि सञ्चालन हुने छ। बोर्डले परीक्षार्थीहरूलाई समयतालिका र तयारीका लागि सतर्क रहन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij