Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते धुलिखेलमा हुने

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते धुलिखेलमा हुने

  •  

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा जेठ १० गतेका लागि आह्वान गरेको छ। सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुने छ।

    यस पटकको सभामा लाभांश प्रस्ताव नगर्ने निर्णय गरिएको छ। सभा एजेन्डाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात तथा वित्तीय विवरणहरू लगायतका दस्तावेजहरूमा छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ।

    त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीहरूले सो सभामा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij