Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

ट्रष्ट माइक्रो इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ १ गते, आइपीओ प्रस्ताव पेश गरिने

ट्रष्ट माइक्रो इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ १ गते, आइपीओ प्रस्ताव पेश गरिने

  •  

    काठमाडौं । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आगामी जेठ १ गते आयोजना गर्ने भएको छ। सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान ९स्१५ बजे सुरु हुनेछ।

    उक्त सभामा कम्पनीले आइपीओ  निष्कासन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको छ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान विवरण लगायतका महत्वपूर्ण वित्तीय दस्तावेजहरूमा छलफल गरी पारित गरिनेछ।

    त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। वैशाख २४ गतेसम्म कायम रहेका सेयरधनीहरू सभामा सहभागी हुन योग्य हुनेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij