Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रभु स्टील्सले अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न, सर्वसाधारणलाई आईपीओ निष्कासनको तयारीमा

प्रभु स्टील्सले अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न, सर्वसाधारणलाई आईपीओ निष्कासनको तयारीमा

  •  

    काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले चैत ६ देखि २० गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो। वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता शेयरलाई चैत ६ देखि वैशाख ५ गतेसम्म लिलामीमार्फत विक्री गरिएको हो।

    लिलामीमा कम्पनीले प्रति कित्ता न्यूनतम ६० रुपैयाँ मूल्य तोकेको थियो, जसमा अधिकतम १०० रुपैयाँदेखि न्यूनतम ६० रुपैयाँसम्म मूल्यमा आवेदन दिएका सबै आवेदकहरूलाई शेयर बाँडफाँट गरिएको छ। बाँडफाँट गरिएका यी सबै शेयर संस्थापक समुहतर्फका रहेका हुन्।

    यससँगै, कम्पनीले अब सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन  गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij