Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

जुत्ता ,चप्पल र औषधिमा एमआरपी एक साता भित्र नराखेको पाइए कारबाही गरिने चेतावनी

जुत्ता ,चप्पल र औषधिमा एमआरपी एक साता भित्र नराखेको पाइए कारबाही गरिने चेतावनी

  • काठमाडौंँ । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्ने विरुद्ध सरकार कारबाही झन् कठोर पार्ने जनाएको छ ।
    जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य एमआरपी) राख्न निर्देशन दिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।

    विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार यी दुई संघसँग छलफल गरेको थियो । उक्त छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले छलफलबारे जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको हो । तर  जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो ।

    ९ वैशाखको मितिबाट ७ दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने दाहालले  बताए ।नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा आयात गरिएको वस्तु भए आयातकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने कानुनी व्यवस्था छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij