Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

भारतीय विद्युत् मन्त्रीको भ्रमण बेला अपेक्षित सम्झौता भएन ,एमओयू मात्र भयो

भारतीय विद्युत् मन्त्रीको भ्रमण बेला अपेक्षित सम्झौता भएन ,एमओयू मात्र भयो

  • काठमाडौँ । नेपाली भारतबीच कम्पनी स्थापना गर्ने समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ ।भारतीय विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमाणका बेला उक्त एमओयूमा हस्ताक्षर भएको छ ।दुई ४०० केभी प्रसारण लाइन इनरुवा–पूर्णिया र दोदोधरा–बरेली निर्माण कम्पनी स्थापना गर्न संयुक्त लगानी सम्झौता हुनुपर्नेमा  दुई मुलुकबीच कम्पनी स्थापना सम्बन्धी समझदारीपत्र (एमओयू) मा मात्रै हस्ताक्षर भएको हो  ।
    ३० माघ २०८१ मा भारतको राजधानी  नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति  भएको  थियो ।उक्त सहमति अनुसार नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी सम्बन्धी सम्झौता हुने अपेक्षा गरिएको थियो ।

    संयुक्त लगानी कम्पनी स्थापना सम्बन्धी सम्झौताको मस्यौदा तयार नै भए पनि त्यसलाई दुवैतर्फको मन्त्रिपरिषद् स्तरको स्वीकृति चाहिने भएकाले हाललाई एमओयूमा मात्रै हस्ताक्षर भएको विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी सार्वजनिक गरेका हुन् ।शाक्यका अनुसार संयुक्त लगानी कम्पनीको मस्यौदामा दुवै पक्ष सहमत भइसकेका छन् । अहिले भएको एमओयू भनेको मस्यौदामा सहमति भयो । अब मन्त्रिपरिषद्को स्वीकृति आएपछि संयुक्त लगानी सम्झौता हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij