Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट हुने

पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट हुने

  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन  बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार भोलि बिहान ८स्३० बजे नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा बाँडफाँट प्रक्रिया सुरु गरिनेछ।

    यस पटक पियोर इनर्जीको आइपीओ अत्यधिक मागमा परेको छ। कुल माग १९.२८ गुणा बढी रहेकाले बाँडफाँट गोलाप्रथाबाट गरिनेछ।

    यसमा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिँदा, जम्मा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी १८ लाख १६ हजार ५३३ जनाको हात भने खाली हुनेछ।

    पियोर इनर्जीले चैत २८ देखि वैशाख २ गतेसम्म प्रतिकित्ता रू १०० का दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो, जसको कुल मूल्य रु ११ करोड ९५ लाख २० हजार थियो।

    क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई  प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८२ साउन २० गतेसम्म मान्य हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij