Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

राष्ट्र बैंकको कडा निगरानी : २ फाइनान्स र ३ विकास बैंक कारबाहीमा

राष्ट्र बैंकको कडा निगरानी : २ फाइनान्स र ३ विकास बैंक कारबाहीमा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियामकीय मापदण्ड उल्लङ्घन गर्ने २ फाइनान्स कम्पनी र ३ विकास बैंकलाई कारबाही गरेको छ। यस अन्तर्गत पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पुँजीकोष अनुपात नपुगेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

    पोखरा फाइनान्सलाई दुईवटा जरिवाना
    पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा नियामकीय अनुपालनमा कमजोरी देखिएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, कम्पनीलाई ४६ हजार ७१८ रुपैयाँ २३ पैसाको थप जरिवाना पनि तिराइएको छ।

    विकास बैंकहरू पनि निगरानीमा
    मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाललाई भवन निर्माण समितिमा संयोजकको रूपमा सहभागी भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।

    नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको, र एकल ग्राहक कर्जा सीमा नाघेको भन्दै बैंकलाई २०८२ असार मसान्तभित्र सबै मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

    सालपा विकास बैंकले पनि हालसम्म न्यूनतम चुक्ता पुँजी कायम नगरेको र निर्देशनहरू पालना नगरेको पाइएपछि सञ्चालक समितिलाई राष्ट्र बैंकले नसिहत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij