Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ११ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ११ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ११ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न , आगामी बजेट सन्तुलित र प्राथमिकतामा आधारित हुनुपर्ने : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

     

     

         बिपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययनन तथा विकास संस्थापनले आज आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरु’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने धारणा राख्न्ुभयो ।

     

         “गभर्नर नियुक्तिमा  ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो”, प्रवक्ता डा महतले भन्नुभयो, “जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ ।”

    अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुुपर्ने बताउनुुभएको छ ।

          

     

    नेकपा ९एमाले०द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव ९युुथ सेलिब्रेसन० कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो ।

    नेपाल प्रहरीका १२१ जना डीएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित )

    काठमाडौं ।  नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले १२१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा भएको जिल्लाबाट नै आगामी महिनाको तलब भत्ता खाने गरी उनीहरूको सरुवा गरिएको हो।

    शेयर बजार : नेप्से परिसूचकमा २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा, ७ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा आएको छ । आज ७ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।५ वटा समूहका सूचक हरिया देखिएका छन् । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन ३ सय ८ कम्पनीको १ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७० करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

    राष्ट्र बैंकको कडा निगरानी : २ फाइनान्स र ३ विकास बैंक कारबाहीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियामकीय मापदण्ड उल्लङ्घन गर्ने २ फाइनान्स कम्पनी र ३ विकास बैंकलाई कारबाही गरेको छ। यस अन्तर्गत पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पुँजीकोष अनुपात नपुगेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

     

    पोखरा फाइनान्सलाई दुईवटा जरिवाना
    पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा नियामकीय अनुपालनमा कमजोरी देखिएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, कम्पनीलाई ४६ हजार ७१८ रुपैयाँ २३ पैसाको थप जरिवाना पनि तिराइएको छ।

    भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

    इस्लामाबाद ।
    भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।
    प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाउनुभयो, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए ।

     

    बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।”

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

     

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो कार्यक्रममा  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

     प्रधानमन्त्रीले वैशाख १० गते पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।

    तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

    काठमाडौँ। सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बँुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो । सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक)लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा संवाद सम्पन्न भएको सचिवालयले जनाएको छ । सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायका अनुभव आदानप्रदान, बाल–संवेदनशील जलवायु समाधानका लागि वकालतलगायत विषय उजागर गरिएको वाइएईका अध्यक्ष सनोत अधिकारीले जानकारी दिनुभयो । घोषणापत्र तीन तहका सरकार, सगरमाथा संवाद सचिवालय र विश्व समुदायलाई हस्तान्तरण गर्दै ध्यानाकर्षण गरिने उहाँले बताउनुभयो ।

    चालु आवको ९ महिना मै गत आवको तुलनामा ७ गुना बढी कच्चा सोयाबिन तेल आयात

    काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा  गत आवको तुलनामा ७ गुना बढी कच्चा तेल आयात भएको छ । चालु आवको ९ महिनामा अर्जेन्टिनाबाट एक्लै गत आवको तुलनामा ५ गुना कच्चा सोयाबिन तेल आयात भएको हो ।चालु आव २०८१/८२को ९ महिना कुल कच्चा सोयाबिन तेल ४३ करोड ६० लाख ६१ हजार ७ सय ७७ लिटर आयात भएको छ ।

     

    गत आव २०८०/८१मा कुल कच्चा तेल ६ करोड ५१ लख ४३ हजार १ सय १६ लिटर आयात भएको छ ।चालु आवको ९ महिनामा ३३ करोड ५७ लाख १३ हजार  ६ सय ९६ लिटर कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात गरिएको छ ।

    अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ

    बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउनुभएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।

     

     

    विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ ।

     

    बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।

    डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप

    सियोल । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले बिहीबार जनाएको छ । प्राधिकरणका अनुसार यो अझै डाउनलोडका लागि उपलब्ध रहेको थियो ।

     

     

    व्यक्तिगत सूचना संरक्षण आयोग ९पिआइपिसी० का अनुसार एआई प्रम्प्टमा उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो ।

     

    डिपसिकको आर१ च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कार्यहरूसँग मेल खाने क्षमता नगण्य लागतमा देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो ।

    गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत्् केन्द्ररको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ । 

     

    जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको छ । भारतले जलविद्युत् केन्द्रको नहर बन्द ९क्यानल सटडाउन० गरेपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभएको छ ।

    साइबरनेटिक्स प्रा. लि र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच अन्तर्राष्ट्रिय स्तरको 'हेल्थी हेल्थ प्याकेज' का लागि समझदारी - पत्रमा हस्ताक्षर

    काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच आज एक समझदारी - पत्र (MOU) मा हस्ताक्षर भएको छ।उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहनु हुने व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा- बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् — जसले विश्वभरिमा रहनु हुने छोराछोरी तथा आफन्तले On-line बाट सेवा खरिद गरी आफ्नो नेपालमा रहनु हुने परिवारलाई  स्वास्थ्य सेवा प्रदान गर्न सक्नुहुन्छ।

    हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण

    बागमती । हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ । 

     

     

    उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो । 

     

    हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।

    पियोर इनर्जीको आइपीओ बाँडफाँट : १ लाख १९ हजारले पाए १० कित्ताका दरले सेयर

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर  बिहीबार गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा आएको यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए, जसमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र मान्य ठहरिएको थियो।

     

    गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

    पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीका लागि खुला गरेको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ रहेको थियो।

    सुनको मूल्य तोलामा २०० ले बढ्यो  , प्रतितोला  एक लाख ९० हजार ६०० मा कारोबार

    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। बुधबार यसै सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो।

     

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कायम भएको छ, जुन अघिल्लो दिन १ हजार ९६५ रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस २,३२९.३३ डलरमा र चाँदी प्रतिऔंस ३३.३७ डलरमा कारोबार भइरहेको छ। मूल्य वृद्धिले बजारमा चहलपहल बढाएको छ।

    नेको इन्सुरेन्सको लाभांश घोषणा : ७% बोनस सेयर र ०.३६८४% नगद लाभांश प्रस्ताव

    काठमाडौं । नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

     

     

     

     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij