Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९०% ले बढ्यो, तेस्रो त्रैमासमा २९.५७ करोड रुपैयाँ कमाई

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९०% ले बढ्यो, तेस्रो त्रैमासमा २९.५७ करोड रुपैयाँ कमाई

  • काठमाडौं ।सूर्यज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा ३१.९० प्रतिशतले बढी हो।

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। यो आम्दानी १३.९८ प्रतिशतको वृद्धि सहित २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ। त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि १७।८५ प्रतिशतले बढ्दै ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

    सूर्यज्योति लाइफको जीवन बीमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै पुगेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९जग्गिएको मुनाफा० ४२ करोड १९ लाख रुपैयाँ रहेको छ।

    प्रति शेयर आम्दानी  पनि सुधार हुँदै गएको देखिन्छ। यो त्रैमासमा  १ रुपैयाँ २९ पैसाले वृद्धि भई वार्षिक ७ रुपैयाँ ८७ पैसा पुगेको कम्पनीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij