Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

हिमालयन लघुवित्तको नाफा ३६९% ले उकालो, तेस्रो त्रैमाससम्म ५.३४ करोड रुपैयाँ कमाई

हिमालयन लघुवित्तको नाफा ३६९% ले उकालो, तेस्रो त्रैमाससम्म ५.३४ करोड रुपैयाँ कमाई

  • काठमाडौं ।हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ करोड १३ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ३६९.३४ प्रतिशतले बढी हो।

    कम्पनीको खुद ब्याज आम्दानीमा समेत उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्षको १५ करोड ९८ लाख रुपैयाँबाट बढ्दै यस त्रैमासमा २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धिमा मुख्य भूमिका खेलेको हो। यस अवधिमा इम्पेयरमेन्ट चार्ज ६८ लाख २२ हजार रुपैयाँ रहेको छ।

    संस्थाको हालको चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ भने १३ करोड २८ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ।
    त्यस्तै, प्रति शेयर आम्दानी  उल्लेखनीय सुधारसहित २२.३० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १२९।४८ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij