Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

हिमालयन लाइफ इन्सुरेन्सले प्रस्ताव गर्यो ८% नगद लाभांश, साधारण सभा आज नक्सालमा

हिमालयन लाइफ इन्सुरेन्सले प्रस्ताव गर्यो ८% नगद लाभांश, साधारण सभा आज नक्सालमा

  • काठमाडौं। हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आज वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बिहान १०:३० बजे सुरु हुने जानकारी गराइएको छ।

    यस वर्षको साधारण सभामा कम्पनीले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। लाभांश प्रस्तावित रकम कम्पनीले अघिल्लो आर्थिक वर्षमा हासिल गरेको नाफाबाट वितरण गरिनेछ।

    सभा मार्फत कम्पनीले विगत वर्षको आर्थिक विवरण प्रस्तुत गर्नुका साथै भावी योजनाहरू र रणनीतिबारे पनि जानकारी दिने अपेक्षा गरिएको छ। शेयरधनीहरूको स्वामित्व अधिकारसँग सम्बन्धित प्रमुख निर्णयहरू पनि आजको एजेन्डामा समावेश गरिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij