Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ग्रामीण विकास लघुवित्तको नाफा २४ करोड नाघ्यो, गत वर्षको तुलनामा १६.८०% वृद्धि

ग्रामीण विकास लघुवित्तको नाफा २४ करोड नाघ्यो, गत वर्षको तुलनामा १६.८०% वृद्धि

  • काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले २१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

    ब्याज आम्दानीमा उल्लेख्य वृद्धि
    संस्थाको खुद ब्याज आम्दानी ६४ करोड ६५ लाख रुपैयाँबाट बढेर ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीको यही वृद्धि नाफा बढ्नको प्रमुख कारण हो।

    इम्पेयरमेन्ट चार्ज र अन्य वित्तीय विवरण
    संस्थाले इम्पेयरमेन्ट चार्जअन्तर्गत ३ करोड ६० लाख रुपैयाँ छुट्याएको छ।
    ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष भने २ अर्ब ८० लाख रुपैयाँ पुगेको छ। यद्यपि, रिटेन्ड अर्निङ भने ऋणात्मक छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij