Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एभरेष्ट हस्पिटालिटी (मेरियट) को आयमा ५.५% वृद्धि, वित्तीय स्थिति बलियो बन्दै

एभरेष्ट हस्पिटालिटी (मेरियट) को आयमा ५.५% वृद्धि, वित्तीय स्थिति बलियो बन्दै

  •  

    काठमाडौं । एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेड (मेरियट) ले सन् २०२४ मा १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५।४६ प्रतिशतले बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो भने २०२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँ थियो।

    रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेड का अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ। कम्पनीको ऋण सेवा क्षमता, तरलता स्थिति र पुँजी संरचनामा पनि उल्लेख्य सुधार आएको जनाइएको छ।

    कम्पनीले काठमाडौं नक्सालस्थित पाँचतारे होटल ुमेरियटु सञ्चालन गर्दै आएको छ र मेरियट इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन, तालिम, बुकिङ प्रणाली तथा अन्तर्राष्ट्रिय बजार पहुँचको फाइदा उठाउँदै आएको छ।

    हाल अकुपेन्सी रेट केही घटेर ६७ प्रतिशतमा झरे पनि औसत कोठा भाडा  बढेर १९ हजार ६९९ रुपैयाँ पुगेको छ। यसले कम्पनीको आम्दानीमा सकारात्मक असर पारेको देखिन्छ।

    कम्पनीको बैंक कर्जाका लागि गरिएको रेटिङमा, १ अर्ब ६४ करोड ३३ लाखको दीर्घकालीन कर्जाुं र १० करोडको अल्पकालीन कर्जामाको रेटिङ प्रदान गरिएको छ, जसले वित्तीय स्थायित्व देखाउँछ।

    यद्यपि, कम्पनीले हालसम्म एउटै होटलमा आधारित आम्दानी, उच्च प्रतिस्पर्धा, फ्लोटिङ ब्याज दर र विदेशी विनिमय जोखिमहरू सामना गरिरहेको छ। केही ऋण अमेरिकी डलरमा भएकाले विनिमय दरको उतारचढावले असर पार्न सक्ने भए पनि केही आम्दानी डलरमै हुने भएकाले आंशिक रूपमा हेजिंग भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij