Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सोमबारदेखि गर्मी घट्ने, वर्षासँगै तापक्रममा उल्लेखनीय कमी आउने

सोमबारदेखि गर्मी घट्ने, वर्षासँगै तापक्रममा उल्लेखनीय कमी आउने

  • काठमाडौं।देशका विभिन्न भागमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी महसुस भइरहेको अवस्थामा सोमबारदेखि तापक्रम घट्ने पूर्वानुमान गरिएको छ। मौसमविद्‌हरूका अनुसार आज अपराह्नदेखि देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेकाले गर्मी कम हुने अपेक्षा गरिएको हो।

    त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार सोमबारदेखि क्रमिक रूपमा तापक्रममा कमी आउनेछ। "आज अपराह्नबाटै हल्का वर्षा सुरु हुने र भोलि सोमबार काठमाडौंसहित देशको पूर्वी भेगमा व्यापक वर्षाको सम्भावना रहेको छ," उनले बताए।

    उनका अनुसार दैनिकजसो वर्षाको सम्भावना रहेकोले गर्मीमा उल्लेखनीय कमी आउनेछ। पछिल्ला दिनहरूमा लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने अन्य तराईका जिल्लाहरूमा पनि ३८ डिग्री नाघेको थियो, जसका कारण तातो हावा (लु) को चेतावनीसमेत जारी गरिएको थियो।

    यसबारे डा. पोखरेल भन्छन्, "तापक्रम घट्ने र लगातार वर्षाको अवस्था बनिरहने देखिएकोले केही दिन गर्मीको पीडा कम हुने अपेक्षा गर्न सकिन्छ।"

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij