Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर खरिदको आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर खरिदको आज अन्तिम दिन

  • काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरिदका लागि आवेदन दिन आज (वैशाख १४ गते) अन्तिम दिन हो। कम्पनीले आवेदन दिन छुट भएका शेयरधनीलाई लक्षित गर्दै वैशाख १२ गतेदेखि १४ गतेसम्मको अवधि थप गरी हकप्रद शेयर बिक्रीमा ल्याएको हो।

    यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। तर केही शेयरधनीहरूले समयमै आवेदन दिन नसकेकाले, वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले अवधि थप गर्ने निर्णय गरेको हो।

    कम्पनीले हाल कायम १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

    एक कित्ता शेयर हुने शेयरधनीले एक कित्ता हकप्रद शेयर खरीद गर्न सक्नेछन्। हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको अघिल्लो दिन फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

    सानिमा क्यापिटल लिमिटेड कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। साथै, सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालय, साथै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij