Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेवोनको अनुमति

छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेवोनको अनुमति

  • काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)बाट अनुमति पाएको छ। बोर्डले वैशाख १२ गते कम्पनीलाई आवश्यक स्वीकृति प्रदान गरेको हो।

    यसअघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको भए पनि, सो निर्णयलाई रद्द गर्दै शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको छ।

    ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले सोही अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो। यस प्रक्रिया अन्तर्गत, ग्लोबल आइएमई क्यापिटल लिमिटेड हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको रूपमा रहनेछ।

    ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी उत्पादनमा ल्याइसकेको छ्याङ्दी हाइड्रोपावरले, आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी गर्न पूँजी जुटाउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्न लागिएको जनाएको छ। पछिल्लो समयमा जलविद्युत कम्पनीहरूलाई यस किसिमको पूँजी व्यवस्थापन गर्न कानुनी व्यवस्था गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij