Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ह्याम्स अस्पतालको आम्दानीमा १९.२१% वृद्धि, प्रिमियममा आईपीओ निष्कासनको तयारी

ह्याम्स अस्पतालको आम्दानीमा १९.२१% वृद्धि, प्रिमियममा आईपीओ निष्कासनको तयारी

  • काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स )ले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीसँगै आफ्नो वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सन् २०२४ मा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ आम्दानी गर्दै अघिल्लो वर्षको तुलनामा १९.२१ प्रतिशत वृद्धि हासिल गरेको छ। पछिल्ला केही वर्षदेखि आम्दानी स्थिर रूपमा बढिरहेको देखिन्छ, जसले कम्पनीको दिगो सञ्चालन क्षमतालाई झल्काउँछ।

    रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ह्याम्सको ८० करोड रुपैयाँ कर्जाका लागि  रेटिङ प्रदान गर्दै कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यमस्तरको रहेको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा करिब २९ प्रतिशत सञ्चालन नाफा हासिल गर्नु र सन्तोषजनक वित्तीय प्रोफाइल कायम गर्नु कम्पनीको सुधारोन्मुख अवस्था दर्शक हो।

    धुम्बाराहीस्थित १०० शैयाको अस्पताल सञ्चालन गरिरहेको ह्याम्सले नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा करिब ४३ प्रतिशत सेयर खरिद गरी आफ्नो सेवा विस्तार गर्दै आएको छ। यद्यपि, भविष्यमा हुने पुँजीगत खर्चका कारण ऋण निर्भरता बढ्न सक्ने जोखिम पनि रहेको रेटिङ एजेन्सीले औँल्याएको छ। यस्ता जोखिम सन्तुलनमा राख्दै कम्पनीले ११ लाख २५ हजार कित्ता शेयर २८८ रुपैयाँ प्रतिकित्ता (१०० अंकित १८८ प्रिमियम) मा आईपीओमार्फत सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढाइरहेको छ, जसको बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij