Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

आज मातातीर्थ औँसी मनाइँदै

आज मातातीर्थ औँसी मनाइँदै

  • काठमाडौँ । आज मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।  

    m2.jpg

    काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने, मीठामीठा, तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij