Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

पुँजीगत खर्च कम हुनु नेपाली अर्थतन्त्रको चुनौती भएको कामु गभर्नरको भनाइ

पुँजीगत खर्च कम हुनु नेपाली अर्थतन्त्रको चुनौती भएको कामु गभर्नरको भनाइ

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु तथा पुँजीगत खर्च कम हुनु जस्ता चुनौती नेपाली अर्थतन्त्रसामु रहेको बताएकी छन् । नेपाल राष्ट्र बैंकको आइतबार ७० औं वार्षिकोत्सव कार्यक्रमको समापन सम्बोधनमा ढुंगानाले यस्तो बताएकी हुन् ।

    nrb.jpg
    कायमुकायम गभर्नर ढुंगानाका अनुसार  नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु  जस्ता चुनौती रहेको छ । हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट मुलुकको सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन् । राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति २०८२ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक६९ वर्ष पूरा गरी ७० औं वर्षमा प्रवेश गरेको
    छ । स्थापना कालदेखि यस बैंकले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको छ । यस अवसरमा बैंकका पूर्व गभर्नरहरूको उपस्थिति थियो ।  अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ ।

    nrb1.jpg

    मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ । नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको छ । वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको छ । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखाअवलम्बन गर्दै आएको छ राष्ट्र बैंकको तर्फबाट जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij