Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम ,मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच भयो सम्झौता

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने ऐतिहासिक कदम ,मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच भयो सम्झौता

  • काठमाडौं । नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने पहल सुरु भएको छ । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    संघको शुक्रबार सम्पन्न २४औं बार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको रोहबरमा भएको यो सम्झौताले गहुँलगायतका कृषि वस्तुमा नेपाललाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ । 
    भू–उपग्रहको माध्यमबाट नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक अघि बढाइएको यो पहलअनुसार वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ र लक्षित समाधान लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ भन्दै संघले यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाको निरन्तर बलियो समर्थन र सहकार्य आवश्यक पर्ने नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडले बताए 

    सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु:

    कृषि बजार सूचना र विश्लेषणः  नेपालको कृषि वस्तुहरूको मूल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरूमार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग पुर्याउँछ ।कृषि वस्तु अनुसन्धान र परामर्शः कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्। । 

    कृषि निवेश अध्ययन र सल्लाहः बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त बाली छनोट गर्न मद्दत गर्दछ ।

    डिजिटल कृषि समाधानहरूः डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।  

    कृषि समाचार र जानकारीः एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।

    भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड ९एनसीईएल०का प्रबन्ध निर्देशक उनुपम कौशिक पनि सहभागी थिए । भारतले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यातलगायत कृषिसँग सम्बन्धित बिषयमा एनसीईएललाई पूर्ण अधिकार प्रत्यायोजन गर्छ । त्यहाँको औद्योगिक बस्तु निर्यातमा एनसीईएलको ठूलो हातसमेत रहेको छ । 

    भारतले नेपाललाई हाल दिएको दुई लाख टन गहुँ तथा विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा एनसीईएलमार्फत नै आयात गरिएको संघको भनाई छ । एनसीईएल र नेपालको सम्बन्ध अझ प्रगाढ ल्याउने उद्देश्यअनुरुप प्रबन्ध निर्देशकलाई संघको बिशेष अनुरोधमा नेपालमा आमन्त्रण गरिएको संघका अध्यक्ष कुमुद दुगडको भनाई छ । सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रवीन्द्रबहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij