Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

  •  

    इनरूवा । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ । 

     

    सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।

     

    जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्‍याएको उहाँले जानकारी दिनुभयो । मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणले ठूलो नोक्सानी भएको छ । त्यसैगरी, आँपमा समेत क्षति भएको उहाँले जानकारी दिनुभयो ।

     

    आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उहाँले बताउनुभयो । त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ । 

     

    गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij