Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

आज सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन

आज सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन

  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक शेयर आवेदनको आज (वैशाख १९ गते) अन्तिम दिन हो। कम्पनीले वैशाख ५ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

    कम्पनीका अनुसार, मागभन्दा धेरै आवेदन परिसकेकाले आइतबार बैंकिङ समय समाप्तिसँगै आईपीओ बन्द गरिनेछ।

    सान्भि इनर्जीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत, अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयलाई खुला गरेको हो। उनीहरूले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

    त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कम्पनीले २ लाख ९१ हजार कित्ताको आईपीओ खुला गरेको छ। उनीहरूका लागि न्यूनतम २० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    यस आईपीओका लागि केयर रेटिङ्स नेपालले रेटिङ दिएको छ, जसले कम्पनीको समयमै दायित्व तिर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij