
काठमाडौँ । नेपाली सेनाले राष्ट्रपतिसँग वार्ताका लागि जेन–जी प्रतिनिधिहरूको नाम मागरेको छ ।नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जेन–प्रतिनिधिहरूको नाम मागेको हो ।आजै हुने वार्ताको तयारीका लागि नेपाली सेनाले प्रतिनिधिहरूको नाम मागेको जेन–जी स्रोतले जनाएको छ । जेन–जी टोलीले विज्ञहरूलाई सहभागी गराउने गरी सूची तयार गरेका छन् ।
यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीत राष्ट्रपतिसँग हुने वार्ताको विषयमा छलफल गरेका थिए ।नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीच भएको छलफलमा नाम माग गरिएको थियो ।मध्यराति भएको छलफलमा जेन–जीको तर्फबाट करिब २० जना प्रतिनिधि सामेल रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूबीच राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा वार्ता गर्ने गरी छलफल भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij