Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट : आम्दानीमा दोब्बर वृद्धि, आइपीओ तयारीमा

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट : आम्दानीमा दोब्बर वृद्धि, आइपीओ तयारीमा

  •  

    काठमाडौँ । आइपीओ निष्कासनको तयारीमा रहेको अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सन् २०२४ मा ३४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन सन् २०२३ को तुलनामा १०७।२२ प्रतिशतले बढी हो। सन् २०२३ मा यो आम्दानी १६ करोड ६० लाख रुपैयाँ थियो, भने सन् २०२१ मा कम्पनीको आम्दानी उल्लेख्य १ अर्ब ८८ करोड १० लाख रुपैयाँ रहेको थियो।

    चालु आर्थिक वर्षका पहिलो ६ महिनामा कम्पनीले १२ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। हालसम्म कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ लगानी गरिसकेको छ।सन् १९९४ मा स्थापना भएको यो कम्पनीले ऊर्जा क्षेत्रमा केन्द्रित भएर लगानी गर्दै आएको छ। हाल कम्पनीको लगानी पोर्टफोलियोमा ६ वटा सञ्चालनमा रहेका जलविद्युत आयोजना छन्, जसको प्रदर्शन पछिल्ला ५ वर्षमा मध्यमस्तरको रहेको छ।

    सन् २०८२ साउनभित्र दुई जलविद्युत आयोजना–कासुवा खोला र अपर छुजुङ खोलामा गरिएको लगानीको लक(इन अवधि समाप्त हुँदैछ। यसले कम्पनीलाई ती सम्पत्तिहरू खुला बजारमा कारोबार गर्न दिनेछ, जसले निर्माणाधीन आयोजनाहरुको वित्तीय आवश्यकतालाई सहज बनाउन सहयोग गर्नेछ।

    कम्पनीको पुँजी संरचना ऋणरहित रहेको छ र सम्पूर्ण लगानी इक्विटीमार्फत गरिएको हो। आर्थिक वर्ष २०७९ देखि २०८१ सम्म लगानी पोर्टफोलियोमा करिब ३६५ को वार्षिक वृद्धिदर देखिएको छ।

    यद्यपि कम्पनीको सम्पूर्ण लगानी जलविद्युत क्षेत्रमा केन्द्रित रहेको र अधिकांश आयोजना दीर्घकालीन हुने भएकाले आरम्भिक वर्षहरूमा आम्दानीको स्रोत सीमित हुने चुनौती देखिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij