Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बिल गेट्स र विनोद चौधरीबीच भेट : नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रमा सहकार्यको सम्भावना छलफल

बिल गेट्स र विनोद चौधरीबीच भेट : नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रमा सहकार्यको सम्भावना छलफल

  • काठमाडौँ ।  सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (PAA–2025) सम्मेलनको अवसरमा चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेट गरेका छन्। उक्त साइडलाइन मिटिङमा नेपालका स्वास्थ्य सेवा र रोजगारी क्षेत्रसँग सम्बन्धित मुख्य चुनौतीहरूबारे गम्भीर छलफल भएको हो।

     

    भेटवार्ताका क्रममा चौधरीले २०७२ सालको भूकम्पदेखि कोभिड–१९ महामारीसम्म तथा बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गेट्स फाउन्डेसनसँग भएको सहकार्यको चर्चा गर्दै आभार प्रकट गरे। उनले गेट्स फाउन्डेसनसँगको सामाजिक सहकार्यलाई अझ व्यापक बनाउने विषयमा पनि छलफल भएको जानकारी दिएका छन्।

     

    छलफलमा गेट्स फाउन्डेसनले अन्य देशहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारसम्बन्धी कार्यक्रमहरू नेपालमा लागू गर्ने सम्भावना र त्यसलाई स्थानीय सन्दर्भअनुसार अनुकूल बनाउने विषयमा पनि विचारविमर्श भएको थियो।

     

    २०७२ को विनाशकारी भूकम्प पछि चौधरी फाउन्डेसनले करिब ३ हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण, विद्यालय पुनर्निर्माण, र खाद्यान्न–पानी वितरणमार्फत राहत कार्यक्रम सञ्चालन गरेको थियो।

    कोभिड–१९ महामारी को बेला पनि वीर अस्पतालमा आइसीयू, अक्सिजन प्लान्ट, र सातै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, PPE, PCR किट र N95 मास्क वितरण गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij