Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

  • काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।

    सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

    राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij