Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रचण्ड बाथरुममा चिप्लिएर सामान्य घाइते, अस्पतालबाट घर फर्किए

प्रचण्ड बाथरुममा चिप्लिएर सामान्य घाइते, अस्पतालबाट घर फर्किए

  •  

    काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा चिप्लिएर लडेपछि सामान्य चोट लागेका छन्। सोमबार राति खुमलटारस्थित निजी निवासको शौचालयमा चिप्लिएर लडेका उनलाई टाउको र निधारमा सामान्य चोट लागेको सचिवालय सदस्य तथा छोरी गंगा दाहालले जानकारी दिएकी छन्।

    घटनापछि प्रचण्डलाई नजिकैको मेडिसिटी अस्पताल लगिएको थियो जहाँ सामान्य जाँचपश्चात उनलाई डिस्चार्ज गरिएको हो।

    गंगाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेकी छन्, “गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य जाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।”

    उनका अनुसार अध्यक्ष प्रचण्ड अहिले स्वास्थ्य रूपमा सामान्य छन् र नियमित कार्यमा फर्किइसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij