Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

सुनको भाउ उकालो : एकै दिनमा तोलामा रु १,७०० ले वृद्धि , प्रतितोला रु १,९१,६००

सुनको भाउ उकालो : एकै दिनमा तोलामा रु १,७०० ले वृद्धि , प्रतितोला रु १,९१,६००

  •  

    काठमाडौँ ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । 

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

     

    मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो । 

     

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij