Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

फरवार्ड माइक्रोफाइनान्सको नाफा ६८.९६% ले घट्यो ,  प्रतिसेयर आम्दानी र नाफा दुवै घट्दा लगानीकर्तामा चिन्ता

फरवार्ड माइक्रोफाइनान्सको नाफा ६८.९६% ले घट्यो ,  प्रतिसेयर आम्दानी र नाफा दुवै घट्दा लगानीकर्तामा चिन्ता

  • काठमाडौं ।चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को नाफा ठूलो मात्रामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार, खुद नाफा ६८.९६ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    तर केही वित्तीय सूचकहरू भने सुधारोन्मुख देखिएका छन्।
    कम्पनीको खुद ब्याज आम्दानी ०.४० प्रतिशतले बढेर ८८ करोड १७ लाख रुपैयाँ पुगेको छ भने, सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।अघिल्लो वर्ष ८.२६ प्रतिशत रहेको खराब कर्जा अनुपात यस त्रैमासमा घटेर ५.८५ प्रतिशत मा झरेको छ, जसले व्यवस्थापनको कर्जा असुली क्षमता सुध्रिएको देखाउँछ।

    गत वर्षको १४ रुपैयाँ ७२ पैसा भ्एक् घटेर अहिले ४ रुपैयाँ ०३ पैसा (वार्षिक) मा सीमित भएको छ।

    यद्यपि, कम्पनीको प्रति शेयर नेटवर्थ २५३ रुपैयाँ ६२ पैसा कायम रहेको छ, जुन अझै बलियो पुँजी संरचना दर्शाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij