Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

मानुषी लघुवित्त नाफामा फर्कियो, तेस्रो त्रैमासमा ९३ लाख नाफा, प्रतिसेयर आम्दानीमा उल्लेखनीय सुधार

मानुषी लघुवित्त नाफामा फर्कियो, तेस्रो त्रैमासमा ९३ लाख नाफा, प्रतिसेयर आम्दानीमा उल्लेखनीय सुधार

  •  

    काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ७२ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनीका लागि यो उल्लेखनीय सुधार हो।

    नाफा वृद्धिको मुख्य कारणहरूमध्ये खुद ब्याज आम्दानीमा ३५.७१ प्रतिशतको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमी प्रमुख रहेका छन्।

    खुद ब्याज आम्दानी ७ करोड ७ लाख रुपैयाँ पुगेको छ।

    कम्पनीको सञ्चालन नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको छ, जसले समग्र वित्तीय अवस्था सुदृढ भएको संकेत गर्दछ।

    हाल कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ७९ लाख रुपैयाँ संचित भएको छ।

    प्रतिसेयर आम्दानी  २.६ रुपैयाँले बढेर ११।३८ रुपैयाँ पुगेको छ।

    प्रतिसेयर नेटवर्थ पनि १५२.३४ रुपैयाँ रहेको छ, जसले कम्पनीको पुँजी संरचना बलियो रहेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij