
काठमाडौँ । पाकिस्तानी सेनाले पाँच भारतीय लडाकु जेट खसालेको दाबी गरेको छ। पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले जनाए अनुसार पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ । रोयटर्सले जारी गरेको भिडियोमा चौधरीले यस्तो भनेको सुनिन्छ ।
बीबीसीका अनुसार पाकिस्तानको यो दाबीबारे भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन। तर अर्कोतर्फ भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।
सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij