Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

रिलायन्स स्पिनिङ मिल्स : तेस्रो त्रैमाससम्म ३२ करोड नाफा, आइपीओ प्रक्रिया विवादमा रोक

रिलायन्स स्पिनिङ मिल्स : तेस्रो त्रैमाससम्म ३२ करोड नाफा, आइपीओ प्रक्रिया विवादमा रोक

  •  

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ११३२ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। यसपटक सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा कम्पनीको मुनाफा उल्लेख्य रूपमा सुधार भएको देखिन्छ।

    कम्पनीको सञ्चालन आम्दानी गत वर्षको ७ अर्ब २१ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च ४७ करोड २६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँ कायम भएको छ।

    रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ छ, र अन्य इक्विटी ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९भ्एक्० वार्षिक रूपमा २५.४९ रुपैयाँ रहेको छ।

    उद्योगको पृष्ठभूमि र उत्पादन
    विसं। २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्समा हालसम्म करिब १५ अर्ब रुपैयाँ लगानी भइसकेको छ, र ४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। सुनसरीमा अवस्थित यस उद्योगले नेपालको धागोको माग पूर्ति गर्दै भारत, टर्की लगायतका देशमा निर्यात गर्दै आएको छ। यसले ऊन, सूति, पोलिस्टर, एक्रेलिक र भिस्कोस धागो उत्पादन गर्दछ।

    रिलायन्स स्पिनिङले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको थियो। संस्थागत लगानीकर्ताहरूले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर खरिद गरेकामा, सर्वसाधारणका लागि ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ता दरमा आइपीओ बिक्रीको तयारी गरिएको थियो।

    तर, गत असार २७ गते वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गर्ने क्रममा वित्तीय विवरणमा अन्तर देखिएपछि विवाद उत्पन्न भयो। यसकै कारण सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोध्दै, असार २६ गते बसेको बोर्ड बैठकले आइपीओ प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij